शाखा अनुसारको सेवा विवरण

* नाता प्रमाणित
* नागरिकतार नागरिकताको प्रतिलिपि सिफारिस
* स्थायी बसोबास सिफारिस
* अन्य सिफारिस(अङ्गेजी)
* व्यक्तिको नाम, थर, जन्म मिति तथा वतन फरक – फरक भएको भए सो व्यक्ति एउटै हो भन्ने सिफारिस
* विवाहितर अविवाहित प्रमाणीकरण सिफारिस
* उद्योग÷व्यवसाय दर्ता सिफारिस
* व्यापार व्यवसाय र उद्योग बन्द भएको सिफारिस
* व्यक्तिगत बिवरण प्रमाणित गर्ने
* जग्गाधनी दर्ता प्रमाण पूर्जामा घर कायम गर्ने सिफारिस
* जग्गाधनी दर्ता प्रमाण पूजा हराएको सिफारिस गर्ने र कित्ता काट गर्न सिफारिस गर्ने
* जग्गाधनी दर्ता प्रमाण पूजा हराएको सिफारिस गर्ने र कित्ता काट गर्न सिफारिस
* चारकिल्ला प्रमाणित सिफारिस गर्ने (विक्री प्रयोजन)
* चारकिल्ला प्रमाणित सिफारिस गर्ने (वैंकिङ्ग प्रयोजन)
* संरक्षक प्रमाणित (व्यक्तिगत र संस्थागत)
* बन्द घर तथा कोठा खोल्न रोहवरमा बस्ने
* हकवाला वा हकदार (पारिवारिक बिवरण) प्रमाणित
* नामसारी गर्न सिफारिस गर्ने
* जग्गा तथा घर मूल्याङ्कन सिफारिस
* विदेशमा पढ्न जाने विद्यार्थीको सिफारिस
* वैवाहिक नागरिकता सिफारिस
* अङ्गिकृत नागरिकता सिफारिस
* आर्थिक अवस्था कमजोर वा विपन्नता सिफारिस

वडा कार्यालय:नाता प्रमाणित

लाग्ने शुल्क/दस्तुर: 1.नाता प्रमाणित (नेपाली) ३७५ । 2.नाता प्रमाणित (अङगेजी) १०००।
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिन भित्र
सेवा प्रदान गर्ने कार्यालय: वडा कार्यालय
जिम्मेवार शाखा: वडा कार्यालय
जिम्मेवार अधिकारी: वडा अध्यक्ष
कोठा नं.: वडा अध्यक्ष

सेवाग्राहिले पुर्याउनुपर्ने प्रमाण तथा कागजात

आधारभूत काजजातहरु
१. निवेदकको हकदारहरुको नागरिकता प्रमाणपत्र वा जन्मदर्ताको प्रतिलिपि
२. नाता खुल्ने कागजातको प्रतिलिपि
३. हकदारहरुको पासपोर्ट साइजको फोटो ४ प्रति
सहायक कागजातहरु
१. मृत्यू दर्ता प्रमाणपत्रको प्रतिलिपि (आवश्यक भएमा) ।
२. हकवाला नाबालक भए जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि (आवश्यक भएमा) ।
३. बसाई सरी आएको हकमा बसाईसराईको प्रतिलिपि (आवश्यक भएमा मात्र) ।
४. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने । 


प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने
२. वडाअध्यक्ष तथा सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।
३. पेश भएका कागजातको रुजुगरी नाता प्रमाणित कागजात तयार गर्ने ।
४. तोकिएको शुल्क बुझाउने ।
५. वडाअध्यक्षले हस्ताक्षर गर्ने ।
६. कार्यालयको छाप लगाई चलानी गरी नाता प्रमाणित कागजात उपलब्ध गराउने।