सेवाको विवरण
1. नाता प्रमाणित
2. नागरिकतार नागरिकताको प्रतिलिपि सिफारिस
3. स्थायी बसोबास सिफारिस
4. अन्य सिफारिस(अङ्गेजी)
5. व्यक्तिको नाम, थर, जन्म मिति तथा वतन फरक – फरक भएको भए सो व्यक्ति एउटै हो भन्ने सिफारिस
6. विवाहितर अविवाहित प्रमाणीकरण सिफारिस
7. उद्योग÷व्यवसाय दर्ता सिफारिस
8. व्यापार व्यवसाय र उद्योग बन्द भएको सिफारिस
9. व्यक्तिगत बिवरण प्रमाणित गर्ने
10. जग्गाधनी दर्ता प्रमाण पूर्जामा घर कायम गर्ने सिफारिस
11. जग्गाधनी दर्ता प्रमाण पूजा हराएको सिफारिस गर्ने र कित्ता काट गर्न सिफारिस गर्ने
12. जग्गाधनी दर्ता प्रमाण पूजा हराएको सिफारिस गर्ने र कित्ता काट गर्न सिफारिस
13. चारकिल्ला प्रमाणित सिफारिस गर्ने (विक्री प्रयोजन)
14. चारकिल्ला प्रमाणित सिफारिस गर्ने (वैंकिङ्ग प्रयोजन)
15. संरक्षक प्रमाणित (व्यक्तिगत र संस्थागत)
16. बन्द घर तथा कोठा खोल्न रोहवरमा बस्ने
17. हकवाला वा हकदार (पारिवारिक बिवरण) प्रमाणित
18. नामसारी गर्न सिफारिस गर्ने
19. जग्गा तथा घर मूल्याङ्कन सिफारिस
20. विदेशमा पढ्न जाने विद्यार्थीको सिफारिस
21. वैवाहिक नागरिकता सिफारिस
22. अङ्गिकृत नागरिकता सिफारिस
23. आर्थिक अवस्था कमजोर वा विपन्नता सिफारिस
24. जन्मदर्ता सिफारिस
25. उपभोक्ता समितिसँग योजना सम्झौता
26. ठेक्काबाट गरिने निर्माणको हकमा
27. पेश्की माग
28. राजश्व सम्बन्धित

नागरिकतार नागरिकताको प्रतिलिपि सिफारिस

लाग्ने शुल्क/दस्तुर: वंशज (१२५।- जन्मसिद्ब (१२५।- वैवाहिक(२५०।- अंगिकृत(१०००।- प्रतिलिपी सिफारिस रु.२१०।-
लाग्ने समय: सोही दिन
सेवा प्रदान गर्ने कार्यालय: वडा कार्यालय
जिम्मेवार शाखा: वडा कार्यालय
जिम्मेवार अधिकारी: -
कोठा नं.: -

सेवाग्राहिले पुर्याउनुपर्ने प्रमाण तथा कागजात

  1.  नागरिकता लिनेको नाम, थर, वतन, जन्म मिति र बावु आमाको नाम समेत खुलेको निवेदन,
  2.  निवेदकको बावु, आमा वा आफ्ना बंशतर्फका तीन पुस्ता भित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपि,
  3.  जन्म दर्ता प्रमाणपत्रको फोटोकपि,
  4.  विवाहित महिलाको हकमा पति र आमा बावुको नागरिकता प्रमाणपत्र र विवाह दर्ता प्रमाणपत्रको फोटोकपि,
  5.  अन्यत्रबाट बसाइसरी आएको भए बसाइसराई प्रमाणपत्रको फोटोकपि, 
  6.  दुवै कान देखिने अटो साइजको फोटो ३ प्रति ।
  7.  सर्जमिन मुचुल्का आवश्यक परेमा 

प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

उल्लेखित कागजात सहित निवेदन लेखी सो निवेदन पत्रमा सरजमिन वुझि सम्बन्धित वडाका वडाध्यक्ष (वडाध्यक्ष नभएको अवस्थामा सचिव) को सिफारिस गराई न.पा.मा निवेदन दर्ता गराउनु पर्नेछ